वासिङटन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि इरानले ४८ घण्टाभित्र होर्मुज सत्र पूर्णरूपमा खुला नगरे अमेरिकाले इरानी पावर प्लान्टहरू ध्वस्त पार्ने चेतावनी दिएका छन्।
उनले शनिबार सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन्। उनले लेखेका छन्,‘सबैभन्दा ठूलो पावर प्लान्टदेखि सुरु गरेर सबै ध्वस्त पारिनेछ।’
होर्मुज सत्र विश्वव्यापी ऊर्जा र व्यापार मार्गको लागि अत्यन्त महत्वपूर्ण छ। यस मार्गबाट विश्वको करिब पाँचौं तेल र प्राकृतिक ग्यास आपूर्ति हुन्छ।
इरानको मुख्य सैन्य कमान्डले चेतावनी दिँदै यदि यसको ऊर्जा पूर्वाधारमा हमला गरियो भने अमेरिका र इजरायली ऊर्जा, सूचना प्रविधि र जलमिटान पूर्वाधारमा प्रतिकार गरिने जनाएको छ।
प्रकाशित: ८ चैत २०८२ १६:२२ | Sunday, March 22, 2026
प्रतिक्रिया




