खुल्यो सिद्धार्थ राजमार्ग

हिमाल प्रेस ७ चैत २०८२ १३:५९ | Saturday, March 21, 2026
16
SHARES
खुल्यो सिद्धार्थ राजमार्ग

काठमाडौँ- पहिरोले अवरुद्ध भएको सिद्धार्थ राजमार्ग खुलेको छ । दिउँसो १ बजेपछि सो राजमार्ग खुलेको हो। सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा जिल्लाको सिद्धबाबा क्षेत्रमा लेदो सहित ढुङ्गा खस्दा आज बिहानदेखि सडक अवरुद्ध भएको थियो ।

पहिरोका कारण सडक पूर्णरुपमा बन्द भएपछि सवारी आवागमन प्रभावित थियो। अहिले दिउँसो सडक खुलेको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ। सडक खुलेसँगै रोकिएका सवारी साधन आफ्नो गन्तव्यतर्फ लागेका छन्।

प्रकाशित: ७ चैत २०८२ १३:५९ | Saturday, March 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast