पाथीभरामा यसवर्ष पाँचौँ पटक हिउँ पर्‍यो

हिमाल प्रेस ७ चैत २०८२ ११:११ | Saturday, March 21, 2026
16
SHARES
पाथीभरामा यसवर्ष पाँचौँ पटक हिउँ पर्‍यो

काठमाडौँ- ताप्लेजुङस्थित पाथीभरा मन्दिर क्षेत्रमा हिमपात भएको छ। शुक्रबार साँझदेखि वर्षासँगै हिमपात भएको पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले जानकारी दिए। उनका अनुसार केही दिनदेखि पाथीभरा क्षेत्रको मौसम धुम्मिएको थियो। आजको हिमपातसँगै यस वर्ष पाथीभरामा पाँच पटक हिउँ परिसकेको छ।

हिउँ परेसँगै पाथीभरामा दर्शनार्थीहरूको घुइँचो लागेको छ। पाथीभराको दर्शनसँगै हिउँ खेल्न पाइने भएकाले नजिकका क्षेत्रका मानिसहरू पनि त्यहाँ पुगेका छन्। हिमपातसँगै जिल्लाभर चिसो बढेको छ।

जिल्लाका उत्तरी उच्च भेगहरूमा समेत हिउँ परेको स्थानीयहरूले बताएका छन्।

प्रकाशित: ७ चैत २०८२ ११:११ | Saturday, March 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast