प्रधानमन्त्री कप आजदेखि सुरु हुँदै

हिमाल प्रेस ७ चैत २०८२ ८:३७ | Saturday, March 21, 2026
10
SHARES
प्रधानमन्त्री कप आजदेखि सुरु हुँदै

काठमाडौँ- प्रधानमन्त्री कप मेन्स नेशनल एकदिवसीय क्रिकेट आजदेखि सुरु हुँदैछ। नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गरेको पीएम कपको उद्घाटन खेलमा मधेश र कोशी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ। बिहान साढे ९ बजे जनकपुरमा मधेश प्रदेशका खेलकुद तथा समाजकल्याण मन्त्री वसन्त कुशवाहाले प्रतियोगिताको शुभारम्भ गर्नेछन्।

यस्तै सोही समयमा वीरगन्जमा कर्णाली र लुम्बिनी प्रदेशबीच पतिस्पर्धा हुनेछ। सात प्रदेश र तीन वटा विभागीय टिम नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाबीच पीएम कपमा प्रतिस्पर्धा हुनेछ।

वैशाख ३ गतेसम्म चल्ने पीएम कप क्यानको एक दिवसीय क्रिकेट लिग हो। जसअन्तर्गत जनकपुरमा उद्घाटनसहित १७ वटा खेल हुनेछन् भने वीरगन्ज र काठमाडौंको त्रिवी मैदान तथा मुलपानीस्थित दुवै क्रिकेट मैदानमा प्रतिस्पर्धा हुनेछ।

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेता टोलीले ५ लाख रुपैयाँ पाउनेछ। क्यानकाअनुसार प्रतियोगिता सञ्चालनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast