प्रतिनिधिमूलक तस्बिर।
बागमती- हेटौँडा-काठमाडौँ जोड्ने कान्तिलोकपथअन्तर्गत मकवानपुरको भिमफेदी गाउँपालिका-८ गङ्गटेस्थित सडकमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ।
वर्षासँगै आज (शुक्रबार) बेलुका ५ बजेतिर पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए।
पहिरो खसेको ठाउँमा इलाका प्रहरी कार्यालय ठिङगनबाट प्रहरी टोली खटिएको र पहिरो पन्छाउन प्रयास भइरहेको प्रहरी नायब उपरीक्षक बोगटीले बताए।
प्रकाशित: ६ चैत २०८२ १८:३० | Friday, March 20, 2026
प्रतिक्रिया





