गगन सहभागी नभएको कांग्रेस बैठकले के गर्छ निर्णय?

हिमाल प्रेस ६ चैत २०८२ १४:५३ | Friday, March 20, 2026
14
SHARES
गगन सहभागी नभएको कांग्रेस बैठकले के गर्छ निर्णय?

काठमाडौँ- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पार्टी कार्यालय सानेपामा जारी छ।

उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा जारी बैठकमा सभापति गगन थापाको राजीनामा, निर्वाचनको प्रारम्भीक समीक्षालगायतका विषयमा छलफल भइरहेको नेताहरुले जनाएका छन्। बैठकमा सभापति थापा भने सहभागी हुुभएको छैनन्।

सभापति थापाले बुधबार उपसभापति शर्मा समक्ष राजीनामा बुझाएका थिए। बैठकले राजीनामा स्वीकृत गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय लिने बताइएको छ।

थापाले राजीनामा दिए पनि उपसभापति शर्माले भने उनको राजीनामा स्वीकृत नहुने संकेत गरेका छन्। उनले यतिबेला सभापतिले राजीनामा दिने उपयुक्त समय नभएको बताएका छन्।

बिहीबार सामाजिक सञ्जालमा लेखेर उपसभापति शर्माले सभापति थापाको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेस हुने जिकिर गरेका थिए। नैतिक जिम्मेवार लिन्छु भन्ने सकारात्मक भए पनि प्रधान नैतिकत दायित्व स्थिति समहाल्ने रहेको उनको भनाइ छ।

‘‘नैतिक जिम्मा लिन्छु’ भन्नू सकारात्मक। तर, यतिबेलाको प्रधान नैतिक दायित्व स्थिति सम्हाल्ने दायित्व हो,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।

पार्टीभित्र एक पक्षको विरोधका बीच थापा विशेष महाधिवेशनमार्फत सभापति निर्वाचित भएका थिए। फागुन २१ गते सम्पन्न निर्वाचनमा कांग्रेसले नराम्रो हार बेहोरेपछि सभापति थापाको थप विरोध हुन थालेको छ। पार्टीभित्रै दबाबमा परेपछि ‘नैतिक जिम्मेवारी’ लिँदै भन्दै उनले सभापति पदबाट राजीनामा दिएका छन्।

प्रकाशित: ६ चैत २०८२ १४:५३ | Friday, March 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast