१५ मन्त्रालय बनाउने तयारी

हिमाल प्रेस ६ चैत २०८२ ७:२७ | Friday, March 20, 2026
30
SHARES
१५ मन्त्रालय बनाउने तयारी

काठमाडौँ- बालेन्द्र शाह नेतृत्वको प्रस्तावित नयाँ सरकारले मन्त्रिपरिषद् सानो र चुस्त बनाउने संकेत दिएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) शीर्ष नेताबीच भएको छलफलमा बढीमा १५ मन्त्रालय मात्रै राख्ने समझदारी बनेको हो।

संविधानले भने प्रधानमन्त्रीसहित बढीमा २५ सदस्यीय मन्त्रिपरिषद् बनाउन सक्ने व्यवस्था गरेको भए पनि रास्वपाले सुरुवातमै मन्त्रालय संख्या घटाएर ‘मिनिमम गभर्मेन्ट, म्याक्सिमम डेलिभरी’ को सन्देश दिन खोजेको देखिन्छ।

प्रधानमन्त्रीमा प्रस्तावित शाहले चैत १३ गते शपथ लिँदै सोही दिन सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी छ।

प्रारम्भिक चरणमै सीमित मन्त्रालयमार्फत सुशासन, सेवा प्रवाह सुधार र प्रशासनिक खर्च नियन्त्रणलाई प्राथमिकता दिने रणनीति बनाइएको नेताहरूले बताएका छन्।

मन्त्री चयन, मन्त्रालयको पुनर्संरचना र जिम्मेवारी बाँडफाँटबारे सभापति रवि लामिछाने लगायत शीर्ष नेताहरूबीच थप गृहकार्य जारी रहेको कान्तिपुर दैनिकमा खबर छ।

प्रकाशित: ६ चैत २०८२ ७:२७ | Friday, March 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast