ट्रम्पले भने – ‘स्ट्रेट’ को जिम्मेवारी प्रयोगकर्ता देशहरूलाई दिनुपर्छ

हिमाल प्रेस ४ चैत २०८२ २०:४६ | Wednesday, March 18, 2026
16
SHARES
ट्रम्पले भने – ‘स्ट्रेट’ को जिम्मेवारी प्रयोगकर्ता देशहरूलाई दिनुपर्छ फाइल तस्बिर

काठमाडौँ- इरानसँग चलिरहेको तनावका बीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘स्ट्रेट अफ हर्मुज’ को जिम्मेवारी यसको प्रयोगकर्ता देशहरूलाई सुम्पिनुपर्ने बताएका छन्।

ट्रम्पले बुधबार आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ‘सोशल ट्रुथ’ मा यस्तो लेखेका छन्।

‘म सोचिरहेको छु कि यदि हामीले ‘आतंककारी इरानी राज्य’ को बाँकी रहेको हिस्सालाई ‘समाप्त’ गरिदियौँ र त्यो तथाकथित ‘स्ट्रेट’को जिम्मेवारी ती देशहरूलाई जिम्मा लगाइदियौँ जसले यसको प्रयोग गर्छन् (हामी गर्दैनौँ) भने के होला? यसले हाम्रा केही सुस्त सहयोगीहरूलाई छिट्टै काममा लाग्न बाध्य बनाउनेछ,’ उनले भनेका छन्।

यसअघिको अर्को एक पोस्टमा उनले इरानको सबै ‘धन्दा’ चाँडै बन्द गर्ने चेतावनी दिएका थिए। उनले भनेका थिए,‘इरानलाई सबैले विश्वको नम्बर एक आतंकवादी सहयोग ठान्छन्, हामी चाँडै यसको धन्दा बन्द गर्दैछौँ।’

अमेरिकी राष्ट्रपति ट्रम्पले मंगलबार नेटोको आलोचना गरेका थिए। उनले भनेका थिए,‘अधिकांश नेटो सहयोगीहरू इरानविरूद्धको सैन्य कारबाहीमा संलग्न हुन चाहँदैनन्। हामीलाई कसैको सहयोगको आवश्यकता छैन।’

प्रकाशित: ४ चैत २०८२ २०:४६ | Wednesday, March 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast