कञ्चनपुर- दोधारा–चाँदनी नगरपालिका–४ चोक निवासी हरिप्रसाद श्रेष्ठले ७५ वर्षीया आमा बिन्द्रा श्रेष्ठको हत्या गरेका छन्। कञ्चनपुर जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी हेमबहादुर शाहीका अनुसार गए राति श्रेष्ठले धारिलो हतियार प्रहार गरी आमाको हत्या गरेका हुन्। घटनामा अभियुक्तकी बहिनी घाइते भएकी छिन्।
दाजुको आक्रमणमा घाइते भएकी भगवती माझीको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । फरार अभियुक्तको खोजी जारी छ । जग्गासम्बन्धी विवाद घटनाको प्रमुख कारण भएको सूचना अधिकारी शाहीले जानकारी दिए ।
प्रकाशित: ४ चैत २०८२ ११:३१ | Wednesday, March 18, 2026
प्रतिक्रिया





