२२ सयले घट्यो सुनको भाउ

हिमाल प्रेस ४ चैत २०८२ ११:१० | Wednesday, March 18, 2026
8
SHARES
२२ सयले घट्यो सुनको भाउ

काठमाडौँ- नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको भाउ घटेको छ। मंगलबार प्रतितोला चार सय रूपैयाँ बढेको सुनको भाउ आज प्रतितोला दुई हजार दुई सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख सात हजार सात सय रूपैयाँमा किनबेच भइरहेको छ। मंगलबार सुन प्रतितोला तीन लाख नौ हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो। बुधबार चाँदीको मूल्य पनि घटेको छ। मंगलबार प्रतितोला पाँच हजार तीन सय ३५ रूपैयाँमा कारोबार भएको चाँदी बुधबार प्रतितोला पाँच हजार एक सय ५० कारोबार भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय ८५ रूपैयाँ घटेको हो। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार नौ सय ८७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित: ४ चैत २०८२ ११:१० | Wednesday, March 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast