प्रतिनिधिमूलक तस्बिर।
काठमाडौँ- नेपाल प्रहरीको साइबर व्यूरोले बैंकिङ कसुरको अभियोगमा प्रभु बैंकका कर्पोरट एण्ड प्रोजेक्ट फाइनान्स विभागका प्रमुख दिनेश डंगोललाई पक्राउ गरेको छ। ब्यूरोले प्रतिवादी अशोक शेरचन समेत माथि अनुसन्धान भइरहेको बेला थप तथ्य प्राप्त भएपछि डंगोललाई पक्राउ गरेको हो ।
सो बैंकको महत्वपूर्ण विभागमा कार्यरत डंगोलले नेपाल राष्ट्र बैंकबाट जारी भएको निर्देशन तथा प्रचलित कानून विपरित कार्य गरेको तथा प्रभु म्यानेजमेन्ट प्रालि समेतमा प्रवाह ऋणमा कर्जा दुरुपयोग गरेको पाइएको छ।
आरोपी डंगोलमाथि जिल्ला अदालत काठमाडौँबाट अनुमति लिई थप अनुसन्धान भइरहेको ब्यूरोका सूचना अधिकारी शिवकुमार श्रेष्ठले जानकारी दिए ।
प्रकाशित: ४ चैत २०८२ ६:५४ | Wednesday, March 18, 2026
प्रतिक्रिया




