गुन्डु पुगेर राष्ट्रपति पौडेल दिए ओलीलाई समवेदना

हिमाल प्रेस ३ चैत २०८२ १४:०७ | Tuesday, March 17, 2026
20
SHARES
गुन्डु पुगेर राष्ट्रपति पौडेल दिए ओलीलाई समवेदना

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको निधनमा दुःख व्यक्त गरेका छन्। राष्ट्रपति पौडेलले मंगलबार पूर्वप्रधानमन्त्री ओलीको निवास भक्तपुर गुन्डु  पुगेर उनका पिता मोहनप्रसादको निधनमा दुःख व्यक्त गरेका हुन्।

राष्ट्रपति पौडेलले मोहनप्रसादको तस्बिरमा माल्र्यापण गरी उनीप्रति श्रद्धाञ्जली व्यक्त गरे। साथै, उनले पूर्वप्रधानमन्त्री ओलीसहित शोकाकुल परिवारजन, आफन्त र शुभेच्छुकहरूमा गहिरो समवेदना प्रकट गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

प्रकाशित: ३ चैत २०८२ १४:०७ | Tuesday, March 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast