उदयपुरको कटारीमा रूखको हाँगा भाँचिदा दुईको मृत्यु

हिमाल प्रेस ३ चैत २०८२ ७:५७ | Tuesday, March 17, 2026
12
SHARES
उदयपुरको कटारीमा रूखको हाँगा भाँचिदा दुईको मृत्यु

उदयपुर- उदयपुरमा रूखले किचेर २ जनाको मृत्यु भएको छ। कटारी नगरपालिका–५ तिनकुनेचोकस्थित राधाकृष्ण मन्दिर नजिक वीरेन्द्र चौधरीको पसलसहितको घरमा नजिकैको सुकेको सालको रूख ढलेर घर किच्दा ६४ वर्षीय वीरेन्द्र चौधरीको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपी राजन चापागाईंका अनुसार घटनामा चौधरीकी नातिनी अन्दाजी ५ वर्षीया बिनिषा चौधरी, कटारी नगरपालिका–३ आहालडाँडाका २७ वर्षीय युवराज कार्की, वडा नं ५ बलाहाका ४६ वर्षीय लीलाबहादुर दनुवार, सोही स्थानका ४६ वर्षीय प्रेमचन्द्र दनुवार तथा कटारी नगरपालिका–१२ बसेरीकी १६ वर्षीया अस्मिता परियार घाइते भएका छन्।

घरभित्र थिचिएकी बालिका बिनिषालाई करिब एक घण्टापछि उद्धार गरिएको प्रहरीले जनाएको छ।

यस्तै, कटारी नगरपालिका–८ थलियाटारमा पनि वर्षासँगै आएको हुरीका कारण रूखको हाँगा भाँचिदा लागेर ४९ वर्षीया मिनामाया तामाङको मृत्यु भएको छ। उनी घर नजिकै रहेको गोठबाट खसीबाख्रा घरतर्फ सार्ने क्रममा कुटमिरो रूखको हाँगा भाचिँदा घाइते भएकी थिइन्।

घाइते तामाङलाई उपचारका लागि प्रादेशिक अस्पताल कटारी ल्याइएकोमा चिकित्सकले बेलुका ९ बजे मृत घोषणा गरेका थिए। घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय कटारीबाट प्रहरी टोली खटिएर उद्धार तथा अनुसन्धान कार्य गरिरहेको जनाएको छ।

प्रकाशित: ३ चैत २०८२ ७:५७ | Tuesday, March 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast