सुनको मूल्य तोलामा ३ लाख ९ हजार ४०० रुपैयाँ कायम

हिमाल प्रेस १ चैत २०८२ १०:४६ | Sunday, March 15, 2026
26
SHARES
सुनको मूल्य तोलामा ३ लाख ९ हजार ४०० रुपैयाँ कायम

काठमाडौँ- नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा ३ लाख ९ हजार ४०० रुपैयाँ कायम भएको छ। शुक्रबार भने यही सुनको मूल्य तोलामा ३ लाख १४ हजार २०० रुपैयाँ थियो।

यस अनुसार दुई दिनमै सुनको मूल्य तोलामा ४ हजार ८०० रुपैयाँले घटेको हो। महासंघका अनुसार आइतबार सुनको मूल्य १० ग्रामको २ लाख ६५ हजार २६० रुपैयाँ रहेको छ। शुक्रबार भने १० ग्राम सुनको मूल्य २ लाख ६९ हजार ३७५ रुपैयाँ थियो।

चाँदीको मूल्य पनि घटेको छ। आइतबार चाँदी तोलामा ५ हजार २७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। शुक्रबार भने चाँदीको मूल्य तोलामा ५ हजार ४९५ रुपैयाँ थियो। यो अवधिमा चाँदीको मूल्य तोलामा २२५ रुपैयाँले घटेको छ।

महासंघका अनुसार आइतबार चाँदीको मूल्य १० ग्रामको ४ हजार ५१८ रुपैयाँ कायम भएको छ। शुक्रबार १० ग्राम चाँदीको मूल्य ४ हजार ७११ रुपैयाँ थियो।

प्रकाशित: १ चैत २०८२ १०:४६ | Sunday, March 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast