कांग्रेस केन्द्रीय कार्यालय। फाइल तस्बिर।
काठमाडौँ- नेपाली कांग्रेसले अनुशासन उल्लंघनका उजुरीहरूमाथि अध्ययन गर्ने भएको छ।
शुक्रबार सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय अनुशासन समितिको बैठकले उजुरीहरूमाथि प्रारम्भिक अध्ययन गर्ने निर्णय गरेको हो।
कांग्रेस पार्टी कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा बसेको बैठकले अनुशासन समितिमा प्राप्त भएका अनुशासन उल्लंघनका उजुरीहरूको प्रारम्भिक अध्ययन गर्ने निर्णय गरेको जानकारी दिए।
२१ फागुनमा सम्पन्न निर्वाचनमा पार्टीका नेता तथा कार्यकर्ताहरूले आधिकारिक उम्मेदवारलाई हराउन भूमिका खेलेको आरोप लागेको छ। पार्टी उम्मेदवारलाई हराउन भूमिका खेलेकाहरूलाई कारबाही गर्न कतिपय क्षेत्रीय समितिहरूले सिफारिस गरेका छन्।
त्यस्तै बैठकले पार्टी केन्द्रीय कार्यालयका सहसचिव दिनेश थापा मगरलाई समितिको सचिवमा नियुक्त गर्ने निर्णय गरेको छ।





