काठमाडौँ- पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले पुर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्। खनालले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै ९७ वर्षको उमेरमा मोहनप्रसाद ओलीको निधन भएको खबरले आफू अत्यन्त दुःखी र स्तब्ध भएको बताएका छन्।
उनले दिवंगत मोहनप्रसाद ओलीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै केपी शर्मा ओलीसहित शोकाकुल सम्पूर्ण परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन् । खनालले शोकको यस घडीमा परिवारजनलाई धैर्य धारण गर्ने शक्ति मिलोस् भन्ने कामना समेत गरेका छन्।
प्रकाशित: २९ फागुन २०८२ ११:५७ | Friday, March 13, 2026
प्रतिक्रिया





