सुरेन श्रेष्ठको हत्या अभियोगमा भरत विक पक्राउ

हिमाल प्रेस २९ फागुन २०८२ ११:२२ | Friday, March 13, 2026
2
SHARE
सुरेन श्रेष्ठको हत्या अभियोगमा भरत विक पक्राउ

काठमाडौँ- धरान उपमहानगरपालिका–५ देउरालीका ७२ वर्षीय सुरेन श्रेष्ठको हत्या अभियोगमा सोही उपमहानगरपालिका–१५ का वर्षीय भरत विक पक्राउ परेका छन् ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार आपसी वादविवादको क्रममा भरतले कुटपिट गर्दा गम्भीर घाइते भएका सुरेनको बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको खबर प्राप्त हुनासाथ उनलाई बिहीबार पक्राउ गरिएको हो ।

यसैबीच, चोरी मुद्दाका फरार प्रतिवादी पुतलीबजार नगरपालिका–१४ सतौका ३८ वर्षीय पूर्णबहादुर लामिछानेलाई पक्राउ गरिएको छ । उनलाई फैसला कार्यान्वयनका लागि बिहीबार जिल्ला अदालतमा पेस गरिएको उक्त समाचारकक्षले जनाएको छ ।

प्रकाशित: २९ फागुन २०८२ ११:२२ | Friday, March 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast