राष्ट्रपति भण्डारीको शैली राजाजस्तै भयो : सुशीला कार्की

हिमाल प्रेस १२ माघ २०७९ १६:२२ | Thursday, January 26, 2023
राष्ट्रपति भण्डारीको शैली राजाजस्तै भयो : सुशीला कार्की पूर्वप्रधानन्यायाधीश सुशीला कार्की

काठमाडौँ- पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले राष्ट्रपति विद्यादेवी भण्डारीको शैली राजाको जस्तै भएको टिप्पणी गरेकी छन्।

बिहीबार काठमाडौँमा आयोजित आम निर्वाचन २०२२ को मिडिया अनुगमन प्रतिवेदनसम्बन्धी राष्ट्रिय कार्यशाला गोष्ठीमा बोल्दै उनले राष्ट्रपति भण्डारीको सवारीका कारण आफूले दुःख पाएको भन्दै असन्तुष्टि व्यक्त गरेकी हुन्।

‘पुराना प्रतिनिधिहरूको मानसिक विकास हुन नसकेको अवस्था छ। राष्ट्रपतिबाट मैले पनि दुःख पाएँ,’ उनले भनिन्, ‘राजाले ठीक गरेनन् भनेर आउने मान्छेहरू पनि राजै जस्तो भए।’ उनले आयोगको कार्यक्रममा आउँदा राष्ट्रपतिको सवारीका कारण आफू लामो बाटो घुमेर आउनुपरेको उल्लेख गरिन्।

पूर्वप्रधानन्यायाधीश कार्कीले पुराना प्रतिनिधिहरूको मानसिकता विकास हुन नसकेको भन्दै गत निर्वाचनबाट युवाहरू आउनु सकारात्मक भएको बताइन्। राम्रो व्यक्तिहरूलाई प्रतिनिधि बनाउन सकिए मुलुकले राम्रो बाटो पाउने उनको भनाइ छ।

बिहीवार काठमाडौँमा प्रेस काउन्सिल नेपाल, नेपाल कानून समाजलगायतका संस्थाले संयुक्त रूपमा गोष्ठीको आयोजना गरेका थिए।

प्रकाशित: १२ माघ २०७९ १६:२२ | Thursday, January 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast