समानुपातिक मत : यसपटक खुम्चिए कांग्रेस-एमाले

हिमाल प्रेस २८ फागुन २०८२ ६:४३ | Thursday, March 12, 2026
10
SHARES
समानुपातिक मत : यसपटक खुम्चिए कांग्रेस-एमाले

काठमाडौँ- प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्ष र समानुपातिक दुवैतर्फको मतगणना सकिएको छ । यो चुनावमा कांग्रेस र एमालेको मत खुम्चिएको छ।

कांग्रेसले यसपल्ट १७ लाख ५५ हजार ८७२, नेकपा एमाले ले १४ लाख ५२ हजार ७५८ मत पाएको छ । त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीले ८ लाख ९ हजार ५७७, श्रम संस्कृति पार्टीले ३ लाख ८५ हजार ७४१ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख ३० हजार २६८ मत पाएको छ।

२०७९ को निर्वाचनमा ठूला बनेका नेपाली कांग्रेस र नेकपा एमाले दुवै दल यो निर्वाचनमा दुवै निर्वाचन प्रणालीमा खुम्चिएका छन्। अघिल्लो निर्वाचनमा समानुपातिकतर्फ २८ लाख ४५ हजार ६४१ ल्याएको नेकपा एमालेको यो पटकको मत झन्डै आधाले घटेको छ । यो पटक एमालेले समानुपातिकमा १४ लाख ५२ हजार ७५८ मत मात्र पाएको छ ।

अघिल्लो चुनावमा ल्याएको मतको तुलनामा एमालेको यो पटकको समानुपातिक मत १३ लाख ९२ हजार ८८३ मतले घटेको छ ।

त्यस्तै, नेपाली कांग्रेसको समानुपातिक मत पनि अघिल्लो चुनावको तुलनामा घटेको छ । कांग्रेसले यो पटक १७ लाख ५४ हजार ६९५ मत पाएको छ । उसले २०७९ को निर्वाचनमा २७ लाख १५ हजार २२५ मत पाएको थियो । अघिल्लो र यो चुनावमा कांग्रेसको समानुपातिक मतान्तर ९ लाख ६० हजार ५३० कम छ।

 

प्रकाशित: २८ फागुन २०८२ ६:४३ | Thursday, March 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast