सानीभेरी नदीमा दिदीबहिनीको शव फेला

हिमाल प्रेस २६ फागुन २०८२ १३:५६ | Tuesday, March 10, 2026
30
SHARES
सानीभेरी नदीमा दिदीबहिनीको शव फेला प्रतिनिधिमूलक तस्बिर

सुर्खेत- रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-३ भाग्लेस्थित सानीभेरी नदीमा दुई किशोरीको शव फेला परेको छ। भाग्लेकी १४ वर्षीया उर्मिला वली र १२ वर्षीया कल्पना वली मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद वलीले जानकारी दिए। उनीहरू दिदीबहिनी हुन्।

उनीहरू नदीमा डुबिरहेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरी निरीक्षक पुनका अनुसार करिब ५ सय मिटरको दूरीमा उनीहरूको शव फेला परेको हो। अर्की १३ वर्षीया सपना वली भने बेपत्ता रहेको उनले बताए। उनको खोजी भइरहेको छ।

उनीहरू सोमबार मुसिकोट नगरपालिका-१ भलखोलामा विवाहका लागि घरबाट निस्किएको जानकारी पाएको प्रहरीले जनाएको छ। उनीहरू कसरी नदीमा पुगे र मृत अवस्थामा फेला परे त्यसको अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

प्रकाशित: २६ फागुन २०८२ १३:५६ | Tuesday, March 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast