काठमाडौँ- आज सुनचाँदीको मूल्य बढेको छ। सोमबारको तुलनामा सुन तोलामा रु तीन हजार ८०० र चाँदी प्रतितोला रु ३१० ले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु तीन लाख १७ हजार कायम भएको छ भने एक तोला चाँदीको मूल्य रु पाँच हजार ७२० निर्धारण भएको छ।
सोमबार एक तोला सुन रु तीन लाख १३ हजार २०० र त्यति नै परिमाणको चाँदी रु पाँच हजार ४१० मा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार १४१ र त्यति नै परिमाणको चाँदी ८७ ५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
प्रकाशित: २६ फागुन २०८२ १२:०८ | Tuesday, March 10, 2026
प्रतिक्रिया





