काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा झापा–५ बाट चुनाव जितेका बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगसमक्ष चुनावी अभियानमा गरेको खर्चको विवरण सार्वजनिक गरेका छन्। कूल १४ लाख १७ हजार २८९ रुपैयाँ खर्च गरेको विवरण आयोगमा पेस गरेका हुन्।
विवरणमा खाजा खर्चमा २८ हजार ९७० रुपैयाँ खाजामा खर्च भएको उल्लेख छ। पाँच पटक हवाई यात्रा गर्दा ३५ हजार रुपैयाँ खर्च भएको देखाएका छन्।
‘मैले, उम्मेदवारले गरेको सम्पूर्ण खर्चको विवरण प्रतिनिधिसभा निर्वाचन ऐन २०७४ को दफा ७२ तथा आयोगद्वारा स्वीकृत निर्वाचन आचारसंहिता बमोजिम पेश गरेको छु’, निवेदनमा भनिएको छ।

प्रकाशित: २५ फागुन २०८२ १५:०५ | Monday, March 9, 2026
प्रतिक्रिया





