उदयपुर-१ मा रास्वपाका पारसमणि गेलाल निर्वाचित

हिमाल प्रेस २४ फागुन २०८२ ११:२३ | Sunday, March 8, 2026
4
SHARES
उदयपुर-१ मा रास्वपाका पारसमणि गेलाल निर्वाचित

इटहरी- उदयपुरको निर्वाचन क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार पारसमणि गेलाल निर्वाचित भएका छन्।

गेलालले ३० हजार ५९० मत प्राप्त गरी निर्वाचित भएका हुन्। निकटतम् प्रतिद्वन्दी श्रम संस्कृति पार्टीका उम्मेदवार राजेशकुमार राईकोले ११ हजार ६०६ मत प्राप्त गरे।

उनीहरूबीचेका मतान्तर १८ हजार ९८४ रहेको छ। नेपाली कम्युनिस्ट पार्टीका बलदेव चौधरीले १० हजार २१ मत प्राप्त गर्दै तेस्रो हुँदा नेपाली कांग्रेसका बिदुर बस्नेतले ९ हजार ६७५ मत प्राप्त गरे।

नेकपा एमालेका उम्मेदवार दुर्गाकुमार थापाको ९ हजार २०६ रहेको छ। सो निर्वाचन क्षेत्रमा यसअघि कांग्रेसका डा.नारायण खड्का निर्वाचित भएका थिए।

प्रकाशित: २४ फागुन २०८२ ११:२३ | Sunday, March 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast