मोरङ-५ मा रास्वपाकी झा निर्वाचित

हिमाल प्रेस २३ फागुन २०८२ १७:३५ | Saturday, March 7, 2026
10
SHARES
मोरङ-५ मा रास्वपाकी झा निर्वाचित

इटहरी- मोरङ क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार आशा झा निर्वाचित भएकी छन्। झाले कुल ३०,४३४ मत प्राप्त गर्दै निर्वाचित भएकी हुन्।

निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार फूलकुमार लालबानीले ९,४१५ मत मात्र प्राप्त गरे। झा र लालबानीबीचको मतान्तर २१,०१९ रहेको छ।

यसैगरी जनता समाजवादी पार्टीका राजकुमार यादवले ८,७४७ मत प्राप्त गर्दा नेकपाका उम्मेदवार शिवकुमार मण्डल केवटले ८,६१४ मत पाएका छन्।

नेकपा एमालेका उम्मेदवार मनोजकुमार अग्रवालले ६,९४५ मत पाएका छन्।

उक्त निर्वाचन क्षेत्रमा कुल ७८,४४९ मत खसेको थियो जसमध्ये ७०,५६० मत सदर भएका छन् भने ७,८८९ मत बदर भएको छ।

प्रकाशित: २३ फागुन २०८२ १७:३५ | Saturday, March 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast