सर्लाही ४ : गगन भन्दा अमरेश ३२ सय मतले अगाडि

हिमाल प्रेस २३ फागुन २०८२ ६:५७ | Saturday, March 7, 2026
10
SHARES
सर्लाही ४ : गगन भन्दा अमरेश ३२ सय मतले अगाडि

काठमाडौँ- सर्लाहीको क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अमरेशकुमार सिंहले अग्रता बढाएका छन्। नेपाली कांग्रेसका सभापति गगन थापा उम्मेदवार रहेको सो क्षेत्रमा अमरेशले अग्रता ३२ सय बनाएका हुन्।

शनिबार बिहान सार्वजनिक मतपरिणाम अनुसार सिंहले ९ हजार ३७ मत पाउँदा कांग्रेस सभापति थापाले ५ हजार ८२८ मत पाएका छन्। उक्त क्षेत्रमा मतगणना जारी छ । यसअघि लगातार तीन पटक काठमाडौं–४ बाट विजयी भएका थापा पहिलो पटक तराई झरेर उम्मेदवार बनेका हुन् । अमरेश भने सर्लाहीमा कांग्रेसबाट टिकट नपाउँदा २०७९ मा स्वतन्त्र ढंगले उम्मेदवार बनेरसमेत विजयी भएका नेता हुन्।

प्रकाशित: २३ फागुन २०८२ ६:५७ | Saturday, March 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast