बालेन ओलीभन्दा ५ हजार मतान्तरले अघि

हिमाल प्रेस २२ फागुन २०८२ १६:२९ | Friday, March 6, 2026
32
SHARES
बालेन ओलीभन्दा ५ हजार मतान्तरले अघि

इटहरी- प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत झापा निर्वाचन क्षेत्र नं ५ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन्द्र शाह (बालेन)  फराकिलो मतान्तरका साथ अगाडि छन्।

९ हजार ४१२ मत गनिसक्दा बालेनले ६ हजार ५५१ मत प्राप्त गरेका छन्। उनका निकट प्रतिस्पर्धी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १ हजार ४२८ मत प्राप्त गरेका छन्। यससँगै बालेन ओलीभन्दा पाँच हजारभन्दा बढी मतान्तरले अगाडि रहेका छन्।

यसै गरी नेपाली कांग्रेसकी उम्मेदवार मंधरा चिमरियाले २१६ मत, नेपाली कम्युनिस्ट पार्टीका रन्जित तामाङले १६५ मत प्राप्त गरेका छन्।

झापा-५ मा मतगणना जारी छ।

प्रकाशित: २२ फागुन २०८२ १६:२९ | Friday, March 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast