काठमाडौँ- निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकोमा अमेरिकी दूतावासले बधाई ज्ञापन गरेको छ।
आज (बिहीबार) सामाजिक सञ्जाल एक्समार्फत् दूतावासले बधाई दिएको हो। साथै दूतावासले आगामी सरकारसँग साझा लक्ष्यहरुमा सहकार्य गर्न उत्सुक रहेको पनि उल्लेख गरेको छ ।
‘आगामी सरकारसँग हाम्रा दुवै देशको समृद्धि र सुरक्षासम्बन्धी साझा लक्ष्यहरूमा सहकार्य गर्न हामी उत्सुक छौँ,’ दूतावासले लेखेको छ।
प्रकाशित: २१ फागुन २०८२ २०:२५ | Thursday, March 5, 2026
प्रतिक्रिया





