आज बेलुकीदेखि होला मतगणना, के छ आयोगको तयारी?

हिमाल प्रेस २१ फागुन २०८२ १६:३४ | Thursday, March 5, 2026
8
SHARES
आज बेलुकीदेखि होला मतगणना, के छ आयोगको तयारी?

काठमाडौँ- प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान सकिएपछि आज बेलुकीदेखि मतगणना सुरु हुने निर्वाचन आयोगले जनाएको छ।

निर्वाचन आयुक्त डा.जानकी तुलाधरका अनुसार सम्बन्धित मतगणनास्थलमा सबै मतदान केन्द्रबाट मतपेटिका पुगेपछि मतगणना सुरु गरिनेछ।

उनले मतपेटिका संकलन हुनेबित्तिकै गणना प्रक्रिया अघि बढाइने भएकाले कतिपय स्थानमा आजै बेलुकीदेखि मतगणना सुरु हुनसक्ने बताइन्।

आयुक्त तुलाधरले निर्वाचन आयोगले छिटोभन्दा छिटो मतगणनाको नतिजा सार्वजनिक गर्ने प्रयास गरिरहेको पनि जानकारी दिइन्।

हिमाली जिल्लाहरूमा भने मतदान सकिएपछि मतपेटिका सुरक्षित रूपमा मतगणनास्थलमा पुर्‍याउन हेलिकोप्टर प्रयोग गर्ने योजना रहेको आयोगले जनाएको छ।

मतपेटिका मतगणना केन्द्रमा पुगेपछि सम्बन्धित स्थानमै गणना प्रक्रिया सुरु गरिनेछ।

आज बिहान ७ बजेदेखि सुरु भएको मतदान बेलुकी ५ बजेसम्म जारी रहनेछ।

प्रकाशित: २१ फागुन २०८२ १६:३४ | Thursday, March 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast