रुपन्देहीमा ६० प्रतिशत खस्यो मत

हिमाल प्रेस २१ फागुन २०८२ १६:१३ | Thursday, March 5, 2026
28
SHARES
रुपन्देहीमा ६० प्रतिशत खस्यो मत

बुटवल- रुपन्देहीमा ६० प्रतिशत मतदान भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार साँढे ३ बजेसम्म ६० प्रतिशत बढी मत खसेको हो।

रुपन्देहीमा ५ वटा निर्वाचन क्षेत्र छन्। केही निर्वाचन क्षेत्रमा ७० प्रतिशत पनि मत खसिसकेको मुख्य निर्वाचन अधिकृत अशोक कुमार बस्नेतले जानकारी दिए।

‘६० प्रतिशत बढी मत खसेको छ, कुनै अवरोधबिना निर्वाचन भइरहेको छ’ उनले भने।

रुपन्देहीका पाँच वटा निर्वाचन क्षेत्रमा ६ लाख ७२ हजार ५ सय २३ जना मतदाता छन्। यी मतदाताहरूले जिल्लाभरका २ सय १३ मतदान स्थल र ७ सय ३६ मतदान केन्द्रबाट मतदान गरिरहेका छन्।

प्रकाशित: २१ फागुन २०८२ १६:१३ | Thursday, March 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast