सुर्खेत- कर्णाली प्रदेशको राजधानी सुर्खेतको एक अस्थायी मतदान केन्द्रमा मतदान सम्पन्न भएको छ।
जिल्ला कारागार सुर्खेतमा भएको अस्थायी मतदान केन्द्रमा मतदान सम्पन्न भएको प्रदेश निर्वाचन कार्यालय सुर्खेतले जनाएको छ।
कारागारबाट ८८ जना कैदीबन्दीले मतदान गरेका प्रदेश निर्वाचन अधिकारी मानबहादुर गुरुङले जानकारी दिए।
उनका अनुसार सुर्खेतमा अहिलेसम्म ५० हजार ६ सय ६८ मत खसिसकेको छ।
प्रकाशित: २१ फागुन २०८२ १२:१७ | Thursday, March 5, 2026
प्रतिक्रिया





