काठमाडौँ- देशभर बिस्तारै तापक्रम बढ्दैछ। आज काठमाडौँ उपत्यकाको सुरुवाती न्यूनतम तापक्रम १३ डिग्री सेल्सियसभन्दा माथि पुगेको हो। मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान ५:४५ बजेको सुरुवाती मापनमा काठमाडौँको न्यूनतम तापक्रम १३.६ डिग्री सेल्सियस देखिएको हो।
हिजो (मंगलबार) सुरुवाती मापनमा १०.५ डिग्री सेल्सियस देखिएको काठमाडौँको न्यूनतम तापक्रम अन्तिम मापनका बेला बिहान ८:४५ बजे १०.४ डिग्री सेल्सियस कायम भएको थियो।
प्रकाशित: २० फागुन २०८२ ६:४९ | Wednesday, March 4, 2026
प्रतिक्रिया





