महेश बस्नेतको क्षेत्रका एमाले कार्यकर्ता नेकपामा

हिमाल प्रेस १८ फागुन २०८२ ११:५४ | Monday, March 2, 2026
12
SHARES
महेश बस्नेतको क्षेत्रका एमाले कार्यकर्ता नेकपामा

काठमाडौँ- भक्तपुर-२ अन्तर्गत विभिन्न स्थानीय तहका नेकपा एमालेसँग आबद्ध नेता तथा कार्यकर्ताहरू नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन्। सूर्यविनायक नगरपालिका–८ का श्याम मचामसी, राम बाला र राजू लवजू, भक्तपुर नगरपालिका-७ का रघुनाथ सुवाल तथा चाँगुनारायण नगरपालिका ५८ का कृष्ण राम कवा लगायतका नेता–कार्यकर्ताहरूले नेकपा एमाले परित्याग गरी नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका हुन्।

उनीहरूलाई नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले पार्टीमा स्वागत गरे। पार्टीमा स्वागत गर्दै संयोजक प्रचण्डले वर्तमान राजनीतिक परिस्थितिमा बामपन्थी तथा क्रान्तिकारी शक्तिहरुको एकता अपरिहार्य भएको बताए।

नवप्रवेशी नेता तथा कार्यकर्ताहरुले पार्टीको सिद्धान्त, नीति तथा नेतृत्वप्रति विश्वास व्यक्त गर्दै आगामी दिनमा संगठन सुदृढीकरण र जनसरोकारका मुद्दामा सक्रिय रहने प्रतिबद्धता जनाए। यो क्षेत्रमा एमालेबाट महेश बस्नेतको क्षेत्र हो। नेकपाबाट भने रामप्रसाद सापकोटा ‘दीपशिखा’ उम्मेदवार छन्।

प्रकाशित: १८ फागुन २०८२ ११:५४ | Monday, March 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast