वीरगन्ज- रौतहटमा आज बिहान शंकास्पद वस्तु फेला परेको छ। रौतहटको राजपुर नगरपालिका वडा नम्बर-५ पानीटंकी नदीको गलीमा शंकास्पद वस्तु फेला परेको रौतहट प्रहरीले जनाएको छ।
पानीट्यांकी नदीको सडकछेउमा शंकास्पद वस्तु ड्रम राखिएको रौतहट प्रहरीले जनाएको छ। प्रहरीका अनुसार ग्रामीण सडक किनारमा बेवारिसे अवस्थामा रहेको ड्रम देखेपछि स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए।
ड्रममा भेटिएको शंकास्पद वस्तु माटोको थुप्रो रहेको रौतहट प्रहरीले जानकारी दिएको छ । गौर पुरेनवास्थित नारायण दल गणबाट नेपाली सेनाको बम डिस्पोजल टोली डिस्पोज गर्दा माटोको थुप्रो भेटिएको प्रहरीले जनायो।
प्रकाशित: १८ फागुन २०८२ १०:४६ | Monday, March 2, 2026
प्रतिक्रिया





