सामाजिक सञ्जालमा भ्रम फैलाउने भिडियो/तस्बिर पोस्ट नगर्न यूएईस्थित नेपाली दूतावासको अनुरोध

हिमाल प्रेस १७ फागुन २०८२ १२:३० | Sunday, March 1, 2026
10
SHARES
सामाजिक सञ्जालमा भ्रम फैलाउने भिडियो/तस्बिर पोस्ट नगर्न यूएईस्थित नेपाली दूतावासको अनुरोध

काठमाडौँ- युनाइटेड अरब इमिरेस्ट (यूएई)स्थित नेपाली दूतावासले भ्रम फैलिने तस्बिर/भिडिओ सामाजिक सञ्जालमा नहाल्न अनुरोध गरेको छ। आइतबार एड्भाइजरी जारी गर्दै दूतावासले अज्ञात स्रोतबाट लिइएका कुनै पनि सामग्री प्रसारण नगर्न अनुरोध गरेको हो।

‘यूएईमा विकसित परिस्थितिका सन्दर्भमा सामाजिक सञ्जाल प्लेटफर्म वा अन्य कुनै पनि प्राविधिक माध्यममार्फत अज्ञात स्रोतबाट आएका हल्ला तथा आधिकारिक रूपमा पुष्टि नभएका सामग्री प्रकाशन वा प्रसारण नगर्न र यहाँको सुरक्षा स्थितिबारे भ्रम लिने किसिमले तस्बिर/भिडिओ खिची पोष्ट नगर्न यूएईमा रहनुभएका सम्पूर्ण नेपाली समुदायलाई अनुरोध गरिएको छ,’ एड्भाइजरीमा भनिएको छ।

यस्ता सामग्री दण्डनीय हुनसक्ने भएकाले सचेत रहन अनुरोध गरेको हो। ‘यस्ता कार्य कानून बमोजिम दण्डनीय हुने चेतावनी यूएईका आधिकारिक निकायबाट जारी भएको छ,’ एड्भाइजरीमा उल्लेख छ।

प्रकाशित: १७ फागुन २०८२ १२:३० | Sunday, March 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast