ट्रम्प भन्छन् : इरानका सर्वोच्च नेता खामेनी मारिए

हिमाल प्रेस १७ फागुन २०८२ ६:२३ | Sunday, March 1, 2026
16
SHARES
ट्रम्प भन्छन् : इरानका सर्वोच्च नेता खामेनी मारिए तस्बिर : एफपी

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अयातोल्लाह खामेनी मारिएको बताएका छन्। सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा ट्रम्पले लेखेका छन्, ‘इतिहासकै सबैभन्दा क्रूर व्यक्तिमध्ये एक खामेनी मारिएका छन्। यो इरानका जनताका लागि मात्र नभई विश्वभरका ती देशका जनताका लागि पनि न्याय हो, जसलाई खामेनी र उनको रक्तपिपासु गिरोहले मारेका थिए।’

इजरायलले शनिबार राजधानी तेहरानसहित इरानका धेरैवटा सहरमा हवाई हमला गरेको थियो। जसमा अमेरिकाको पनि संलग्नता रहेको ट्रम्पले बताएका थिए।

रोयटर्सले पनि इजरायली अधिकारीहरूलाई उद्धृत गर्दै इरानका सर्वोच्च नेता मारिएको दाबी गरेको छ। खामेनीको शव हवाई आक्रमणपछि भग्नावशेषमुनि फेला परेको थियो। यसअघि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले पनि खमेनीको मृत्यु भएको संकेत देखिएको बताएका थिए।

अर्कातर्फ इरानका विदेशमन्त्री अब्बास अराघचीले भने सर्वोच्च नेता जीवित रहेको दाबी गरेका छन्।

इरानको रेड क्रिसेन्ट सोसाइटीले अमेरिका र इजरायलले गरेको आक्रमणमा २०० भन्दा बढी व्यक्ति मारिएको र ७४० भन्दा बढी घाइते भएको बताएको छ।

प्रकाशित: १७ फागुन २०८२ ६:२३ | Sunday, March 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast