काठमाडौँ- एनआईसी एशिया बैंकका ग्राहकले भक्तपुर ताथलीमा रहेको काठमाडौँ क्यान्सर सेन्टरमा छुट पाउने भएका छन्।
सेन्टरमा उपचार गराउँदा विभिन्न सेवामा १२ प्रतिशतसम्म छुट उपलब्ध हुने दुई संस्थाबीच सहकार्य गरिएको छ।
समझदारीपत्रमा बैंकका चिफ लाइफ स्टाइल बैंकिङ युनिभर्स श्यामप्रसाद लामिछाने र सेन्टरका अध्यक्ष प्रा. डा. अन्जनीकुमार झाले हस्ताक्षर गरेका छन्।
समझदारीअनुसार एनआईसी एशिया बैंकमा खाता भएका ग्राहकले मोबाइल बैंकिङ, डेबिट, क्रेडिट वा प्लाटिनम कार्ड प्रयोग गरी भुक्तानी गर्दा छुट पाउनेछन्।
प्रकाशित: ११ माघ २०७९ १३:२१ | Wednesday, January 25, 2023
प्रतिक्रिया



