धर्मेन्द्र बास्तोलालाई छाड्न अदालतले दिएन आदेश

हिमाल प्रेस १२ फागुन २०८२ ७:०५ | Tuesday, February 24, 2026
12
SHARES
धर्मेन्द्र बास्तोलालाई छाड्न अदालतले दिएन आदेश

काठमाडौँ- सर्वोच्च अदालतले नेकपा बहुमतका महासचिव धर्मेन्द्रराज बास्तोलालाई छाड्न अस्वीकार गरेको छ । सोमबार सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलाले बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै धर्मेन्द्र बास्तोलालाई पक्राउ गर्नुको कारण पेश गर्न सरकारका नाममा आदेश गरेको छ ।

आसन्न प्रतिनिधिसभा निर्वाचन बहिष्कारको नीति लिएको र प्रचारप्रसार गरेको भन्दै प्रहरीले पक्राउ गरेपछि बास्तोलाको हकमा शावित्रीकुमारी वलीले बन्दीप्रत्यक्षीकरण रिट दर्ता गराएकी हुन् ।

रिटमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रमुख, जिल्ला प्रहरी परिसर काठमाण्डौ , काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु , जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रमुख , जिल्ला प्रशासन कार्यालय काठमाण्डौ र जिल्ला प्रशासन कार्यालय काठमाण्डौका प्रमुखललाई विपक्षी बनाइएको थियो ।

प्रकाशित: १२ फागुन २०८२ ७:०५ | Tuesday, February 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast