जसपा नेपालले गर्‍यो दुई पालिका प्रमुख र एक उपप्रमुखलाई कारबाही

हिमाल प्रेस १२ फागुन २०८२ ६:३४ | Tuesday, February 24, 2026
14
SHARES
जसपा नेपालले गर्‍यो दुई पालिका प्रमुख र एक उपप्रमुखलाई कारबाही

महोत्तरी- जनता समाजवादी पार्टी (जसपा) नेपालले महोत्तरीका दुई पालिका प्रमुख र एक उपप्रमुखलाई कारबाही गरेको छ ।

आसन्न प्रतिनिधिसभा निर्वाचनमा महोत्तरीको निर्वाचन क्षेत्र नम्बर–३ मा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध गतिविधि गरेको आरोप लगाउँदै जसपाले जलेश्वर नगरपालिकाका प्रमुख सुरेश साह सोनार, पिपरा गाउँपालिकाका अध्यक्ष रामजानकी यादव र उपाध्यक्ष बन्दना पाण्डेलाई आजैको मितिदेखि लागू हुने गरी पार्टीबाट निष्कासन गरेको हो ।

पार्टीका जिल्ला अध्यक्ष रामनरेश रायले एक विज्ञप्ति जारी गर्दै पार्टीको हित विपरीत अनुशासन र विधान विपरीत कार्य गरेको आरोपमा उहाँहरूसहित १५ जना नेता कार्यकर्तालाई कारबाही गरिएको जानकारी दिए ।

पार्टीका केन्द्रीय सदस्य श्याम यादव, हरिनारायण मण्डल र प्रदेश सदस्य बन्दना पाण्डेलाई केन्द्र र प्रदेशमा निष्कासनको लागि सिफारिस गरिएको विज्ञप्तिमा उल्लेख छ ।

यहाँ जसपा नेपालले महोत्तरी—३ मा मीनाक्षी ठाकुरलाई उम्मेदवार दिएको छ, तर निजहरूले पार्टीकै बागी एवं स्वतन्त्र उम्मेदवार हरिनारायण यादवलाई सहयोग गरिरहेका छन् ।

प्रकाशित: १२ फागुन २०८२ ६:३४ | Tuesday, February 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast