सडक सुरक्षामा राज्य गम्भीर भएन : रवि लामिछाने

हिमाल प्रेस ११ फागुन २०८२ ११:१३ | Monday, February 23, 2026
16
SHARES
सडक सुरक्षामा राज्य गम्भीर भएन : रवि लामिछाने

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पोखराबाट काठमाडौँ आउँदै गरेको बस सोमबार धादिङमा दुर्घटना हुँदा ठूलो मानवीय क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्।

उनले यस दुःखद् घडीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना र शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेका छन्।

सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत सभापति लामिछानेले सडक यात्रालाई सुरक्षित बनाउनु राज्यको प्रमुख दायित्व भए तापनि विगतमा यसतर्फ पर्याप्त चासो र चिन्ता नलिइएको बताए।

सभापति लामिछानेले सडक दुर्घटनाको निष्पक्ष र गम्भीर छानबिन गरी वास्तविक कारण पहिचान गर्ने, दोषीमाथि कडा कारबाही गर्ने र भविष्यमा यस्ता घटना दोहोरिन नदिन ठोस सुधारात्मक कदम चाल्ने परम्पराको अभाव देखिएको उल्लेख गरेका छन्।

सुरक्षित सडक, जिम्मेवार चालक, नियमको कडाइका साथ कार्यान्वयन र प्रभावकारी अनुगमन नै यस्ता त्रासदी रोक्ने मुख्य आधार भएको उनको तर्क छ।

आगामी दिनमा सडक सुरक्षाका सवालमा आफ्नो पार्टी अत्यन्त गम्भीर र जिम्मेवार भएर उभिने प्रतिबद्धता समेत उनले व्यक्त गरेका छन्।

प्रकाशित: ११ फागुन २०८२ ११:१३ | Monday, February 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast