आज पनि बढ्यो सुनको भाउ, कति पुग्यो?

हिमाल प्रेस ११ फागुन २०८२ ११:२७ | Monday, February 23, 2026
8
SHARES
आज पनि बढ्यो सुनको भाउ, कति पुग्यो?

काठमाडौँ- सुनको मूल्य आज बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख १३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।

महासंघका अनुसार १० ग्राम सुनको मूल्य २ लाख ६८ हजार ७७५ रुपैयाँ कायम भएको छ। हिजो प्रतितोला ३ लाख १० हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ३ हजार २०० रुपैयाँले वृद्धि भएको हो।

चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला ५ हजार ५९५ रुपैयाँमा कारोबार भइरहेको छ भने १० ग्राम चाँदीको मूल्य ४ हजार ७९७ रुपैयाँ निर्धारण भएको छ। हिजो चाँदी प्रतितोला ५ हजार ४२५ रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित: ११ फागुन २०८२ ११:२७ | Monday, February 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast