नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’
काठमाडौँ- धादिङको बेनिघाटस्थित त्रिशूली नदीमा दुर्घटना भएको रात्रिबसमा परेका मृतकप्रति नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दु:ख व्यक्त गरेका छन्। आज राति मात्रै धादिङको बेनिघाट रोराङ गाउँपालिका– ७ स्थित चरौदीनजिक बस दुर्घटना हुँदा २८ जनाको ज्यान गएको छ।
दुर्घटनाको खबरले मर्महात भएको प्रचण्डले सामाजिक सञ्जालमा जनाएका छन् । ‘पोखराबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस त्रिशूली नदीमा खस्दा ठूलो मानवीय क्षति भएको दुःखद खबरले म अत्यन्त मर्माहत भएको छु’, उनले लेखेका छन् ।
उनले दुर्घटनामा ज्यान गुमाउनेहरूप्रति श्रदाञ्जली अर्पण गरेका छन् भने घाइतेहरूको स्वास्थ्य लाभको कामना गरेका छन् । साथै, उनले घाइतेहरूको उद्दार र प्रभावकारी उपचारको प्रबन्ध मिलाउन सरकारसमक्ष आग्रह गरेका छन् ।
त्यस्तै, उनले राहत तथा उद्धार कार्यमा आवश्यक सहयोग पुर्याउन पार्टीका नेता र कार्यकर्तालाई सक्रिय रूपमा परिचालन हुन निर्देशन दिएका छन् ।





