मनमैजुमा घरभित्र पसेको चितुवाको उद्धार

हिमाल प्रेस १० फागुन २०८२ २०:२२ | Sunday, February 22, 2026
20
SHARES
मनमैजुमा घरभित्र पसेको चितुवाको उद्धार

काठमाडौँ- काठमाडौँको तारकेश्वर नगरपालिका-१०, मनमैजुस्थित घरभित्र पसेको चितुवाको उद्धार गरिएको छ। काठमाडौँ डिभिजन वन कार्यालयको टोलीले ‘डार्ट’ गरेर चितुवाको उद्धार गरेको प्रहरीले जनाएको छ।

आज (आइतबार) अपराह्न मनमैजु मन्दिर नजिकै घरमा पसेर दुई जनालाई घाइते बनाएको चितुवाको उद्धार गरिएको जिल्ला प्रहरी परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए।

उनका अनुसार स्थानीय अनोजमणि अधिकारीको घरभित्र चितुवा पसेको चितुवाले स्थानीय दुलाल महर्जन र मायानाथ वाग्लेलाई आक्रमण गरेको थियो । दुवै जनालाई उपचारका लागि अस्पताल पठाइएको छ।

प्रकाशित: १० फागुन २०८२ २०:२२ | Sunday, February 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast