एमालेको झन्डा जलाउने थप दुई पक्राउ

हिमाल प्रेस ९ फागुन २०८२ ११:५२ | Saturday, February 21, 2026
12
SHARES
एमालेको झन्डा जलाउने थप दुई पक्राउ

दाङ- दाङको तुलसीपुरमा नेकपा एमालेको चुनाव चिह्न अंकित झन्डा जलाएको अभियोगमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–४ हलवार बस्ने ३० वर्षीय रमेश राना मगर र सोही उपमहानगरपालिका–६ गाइडर बस्ने २४ वर्षीय विक्रम परियार रहेका छन्।

गत फागुन ७ गते तुलसीपुर–५ स्थित वीरेन्द्र चोकमा एमालेको झन्डा जलाइएको थियो। सोही घटनाको अनुसन्धानलाई निरन्तरता दिने क्रममा प्रहरीले यी दुई जनालाई नियन्त्रणमा लिएको हो।

यसअघि प्रहरीले सोही घटनामा संलग्न रहेको आरोपमा बुद्धि बहादुर बस्नेतलाई पक्राउ गरिसकेको थियो। योसँगै उक्त घटनामा पक्राउ पर्नेको संख्या तीन पुगेको छ।

प्रहरीका अनुसार हालसम्म पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको छ भने घटनामा संलग्न अन्य सम्भावित व्यक्तिहरूको पनि खोजी कार्य जारी राखिएको छ।

प्रकाशित: ९ फागुन २०८२ ११:५२ | Saturday, February 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast