सुनको मूल्य बढेर ३ लाख ४ हजार ७ सय रुपैयाँ कायम

हिमाल प्रेस ७ फागुन २०८२ ११:३१ | Thursday, February 19, 2026
4
SHARES
सुनको मूल्य बढेर ३ लाख ४ हजार ७ सय रुपैयाँ कायम

काठमाडौँ- सुनको मूल्य आज पनि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला ३ लाख ४ हजार ७ सय रुपैयाँ कायम भएको हो।

महासंघका अनुसार अघिल्लो दिन बुधबार सुन प्रतितोला ३ लाख ४ सय रुपैयाँमा कारोबार भएको थियो। यस अनुसार आज सुनको मूल्य प्रतितोला ४ हजार ३ सय रुपैयाँले बढेको छ। सुनको मूल्य आज प्रतिदश ग्राम २ लाख ६१ हजार २ सय ३० रुपैयाँ तोकिएको छ। बुधबार प्रतिदश ग्राम २ लाख ५७ हजार ५ सय ४५ रुपैयाँ रहेको थियो।

चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला ५ हजार ६० रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ८ सय ८० रुपैयाँमा कारोबार भएको थियो। प्रतिदश ग्राम चाँदीको मूल्य आज ४ हजार ३ सय ३८ रुपैयाँ कायम भएको छ भने बुधबार ४ हजार १ सय ८४ रुपैयाँ रहेको थियो। अन्तर्राष्ट्रिय बजारमा भएको उतारचढावको प्रभावले नेपाली बजारमा पनि सुनचाँदीको मूल्यमा परिवर्तन भएको महासंघले जनाएको छ।

प्रकाशित: ७ फागुन २०८२ ११:३१ | Thursday, February 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast