लोकतन्त्रलाई बलियो बनाउन राजनीतिक दल, नेतृत्व र नागरिक एक हुनैपर्छ : उपराष्ट्रपति

हिमाल प्रेस ७ फागुन २०८२ ९:०९ | Thursday, February 19, 2026
6
SHARES
लोकतन्त्रलाई बलियो बनाउन राजनीतिक दल, नेतृत्व र नागरिक एक हुनैपर्छ : उपराष्ट्रपति

काठमाडौँ- उपराष्ट्रपति रामसहायप्रसाद यादवले प्रजातन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गरेका छन्।

यस अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले भने, ‘आजको दिनले हामीलाई संविधानमा निहित संघीयता, समावेशिता, समानुपातिक प्रतिनिधित्व र कानुनी राज्यलाई अक्षुण्ण राख्दै गरिबी, अशिक्षा, बेरोजगारी एवं विभेद अन्त्य गर्ने दिशामा एकजुट भएर अघि बढ्न प्रेरित गर्दछ। लोकतन्त्रलाई बलियो बनाउन राजनीतिक दल, नेतृत्व र नागरिक सबैले आदर्श आचरण, सकारात्मक सोच र जिम्मेवारपूर्ण व्यवहारलाई आत्मसात् गर्न आवश्यक छ।’

प्रजातन्त्र दिवसले नागरिक अधिकारको रक्षा, समान अवसरको सुनिश्चितता, सामाजिक न्यायमा आधारित समतामूलक समाजको निर्माण र संघीय लोकतान्त्रिक गणतन्त्रलाई सबल बनाउन सम्बद्ध सबैले आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्नुपर्नेमा उपराष्ट्रपतिले जोड दिएका छन्।

प्रकाशित: ७ फागुन २०८२ ९:०९ | Thursday, February 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast