ग्याल्पो ल्होसारमा राष्ट्रियसभाका अध्यक्षको सन्देश : पर्वले जातजाति र समुदायबीचको सम्बन्ध मजबुत पार्छ

हिमाल प्रेस ६ फागुन २०८२ ६:५९ | Wednesday, February 18, 2026
ग्याल्पो ल्होसारमा राष्ट्रियसभाका अध्यक्षको सन्देश : पर्वले जातजाति र समुदायबीचको सम्बन्ध मजबुत पार्छ

काठमाडौँ- राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले पर्वले विविध जातजाति र समुदायका बीचमा सामाजिक, सांस्कृतिक सद्भाव एवं सम्बन्ध मजबुत बनाउन भूमिका खेल्नेमा विश्वास व्यक्त गरेका छन्।

ग्याल्पो ल्होसारको अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले समस्त नेपाली आमाबुवा, दिदीबहिनी, दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि एवं प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।

नेपालको हिमाली भेगमा आदिमकालदेखि बसोबास गर्दै आएका शेर्पा समुदायको मौलिक भाषा, लिपी, संस्कृति, रीतिरिवाज, भेसभुसासहितको विशिष्ट पहिचान रहेको उल्लेख गर्दै उनले शेर्पा समुदायले नयाँ वर्षको रूपमा मनाउने ग्याल्पो ल्होसार प्राचीन उत्पादन पद्धतिमा आधारित मौलिक एवं ऐतिहासिक पर्व भएको बताएका छन् ।

नेपाली जनताको महान् त्याग र बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानले विविधतामा आधारित राष्ट्रिय एकता र पहिचानलाई संस्थागत गर्दै बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषता एवं भौगोलिक विविधतासहितको एकतत्वलाई स्वीकार गरेको उल्लेख गर्दै अध्यक्ष दाहालले यस प्रकारका पर्वहरूले विभिन्न जाति एवं समुदायका धार्मिक तथा सांस्कृतिक आस्थालाई सम्मान गर्दै विभिन्न सभ्यता, भाषा, कला, संस्कृति, लिपी, भेषभुषा र सांस्कृतिक सम्पदाको संरक्षणमा योगदान दिएको बताएका छन् । ल्होसार पर्वले आन्तरिक राष्ट्रियता, आपसी सद्भाव, सहिष्णुता, सहकार्य र एकता थप सुदृढ गर्ने उनको विश्वास छ।

प्रकाशित: ६ फागुन २०८२ ६:५९ | Wednesday, February 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast