हेटौँडामा टिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

हिमाल प्रेस ५ फागुन २०८२ १९:१२ | Tuesday, February 17, 2026
2
SHARE
हेटौँडामा टिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

हेटौँडा- पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१९, सान्नानटारमा आज (मंगलबार) दिउँसो टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

हेटौँडाबाट मनहरीतर्फ जाँदै गरेको बाप्र ०३–००१ ख ११७९ नम्बरको टिपरले मनहरीबाट हेटौँडातर्फ आउँदै गरेको लु ३४ प ४६७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक रूपन्देही जिल्ला निवासी २८ वर्षीय जगदीश थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए। दुर्घटनामा गम्भीर घाइते थारुलाई उपचारको लागि हेटौँडा अस्पताल ल्याएकामा चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक बोगटीले बताए।

सोही दुर्घटनामा परी मोटरसाइकलमा पछाडि सवार दाङको राप्ती गाउँपालिका-६ निवासी २२ वर्षीय आदित्य चौधरी घाइते भएको र उनको हेटौँडा अस्पतालमा उपचार भइरहेको बोगटीले जानकारी दिए।

मोटरसाइकललाई ठक्कर दिने टिपर र चालक हेटौँडा उपमहानगरपालिका १५ भोर्ले निवासी २६ वर्षीय रोहित तामाङलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ५ फागुन २०८२ १९:१२ | Tuesday, February 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast