काठमाडौँ- प्रहरीले नागढुंगाबाट एक जनालाई पेस्तोलसहित पक्राउ गरेको छ।
चन्द्रागिरी नगरपालिका–२ नागढुंगास्थित चेक प्वान्टबाट कीर्तिपुर नगरपालिका–२ बस्ने ३० वर्षीय केयुर पुरीलाई पक्राउ गरेको हो।
चितवनबाट काठमाडौँतर्फ आउँदै गरेको बा १९ च ६९० नम्बरको कारलाई प्रहरीले चेक गर्ने क्रममा कालो झोलाभित्र लुकाइ राखेको अवस्थामा पेस्तोल बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिए।
उनका अनुसार पुरी चढेको कारबाट एक थान पेस्तोल र उक्त पेस्तोलमा प्रयोग हुने चार राउन्ड गोली बरामद भएको छ।
हतियारसहित पक्राउ परेका पुरीमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: ४ फागुन २०८२ १७:४७ | Monday, February 16, 2026
प्रतिक्रिया




