काठमाडौँको गोठाटारबाट पेस्तोलसहित एक जना पक्राउ

हिमाल प्रेस ६ जेठ २०८३ २१:३३ | Wednesday, May 20, 2026
24
SHARES
काठमाडौँको गोठाटारबाट पेस्तोलसहित एक जना पक्राउ

काठमाडौँ– प्रहरीले काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटार पहेँलो पुलबाट पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सुनसरी धरान उपमहानगरपालिका–१७ बस्ने २३ वर्षीय सन्दीप परियार रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।

उनले भने, ‘काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटार पहेँलो पुलस्थित सन्दीप परियारले हातहतियार लुकाइछिपाइ राखेको भन्ने गोप्य सूचनाको आधारमा हाम्रो टोलीले मंगलबार पक्राउ गरेको हो।’

परियारले बिग्रिएर चल्न नसक्ने बा ४ ख ५२४१ नम्बरको आइसर गाडीको सिटको मुनि लुकाइछिपाइ राखेको म्याग्जिनसहितको पेस्तोल एक थान फेला पारी जरूरी पक्राउ पुर्जी दिई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

परियारविरुद्ध हातहतियारसम्बन्धी कसुर मुद्दामा थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौँ पठाइएको प्रवक्ता कार्कीले बताए।

प्रकाशित: ६ जेठ २०८३ २१:३३ | Wednesday, May 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast