मादक पदार्थ सेवन गरी स्कुल बस चलाउने पाँच जना नियन्त्रणमा

हिमाल प्रेस ४ फागुन २०८२ १७:२६ | Monday, February 16, 2026
16
SHARES
मादक पदार्थ सेवन गरी स्कुल बस चलाउने पाँच जना नियन्त्रणमा

पोखरा- स्कुल बस चालकले मादक पदार्थ सेवा गरी सवारीसाधन चलाउने गरेको गुनासोपछि कास्की प्रहरीले चेकिङ गरेको छ।

सोमबार जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराका विभिन्न भागमा गरेको चेकिङमा ५ वटा बस चालक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा माउन्ट हेभन बोर्डिङ स्कुलको ग १ क ३६७४ नम्बरको बसका चालक वर्ष ३३ का आनन्द परियार, कुमुदिनी होम्स बोर्डिङ स्कुलको ग १ क १३८२ नम्बरका बस चालक वर्ष ३७ का गौतम गुरुङ, विन्देश्वरी स्कुलको ग १ क ६२२१ नम्बरका बसचालक वर्ष ४४ का भक्तबहादुर गुरुङ, अञ्जली बोर्डिङको ग १ क ६४०३ नम्बरको बस चालक वर्ष ४८ का डम्बरबहादुर गुरुङ र एसओएसको ग १ क ६४३३ नं को बसका चालक वर्ष ४७ का पदम बिक हुन्।

उनीहरूलाई आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको कास्की प्रहरी प्रवक्ता डिएसपी हरिबहादुर बस्नेतले जानकारी दिए।

प्रकाशित: ४ फागुन २०८२ १७:२६ | Monday, February 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast